आवश्यक जनशक्तिको दरबन्दी सिर्जना, नियुक्ति, सरुवा, पदस्थापना तथा बढुवा सम्बन्धि कार्य गर्ने,
मन्त्रालय अन्तर्गत कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्ने,
मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको कार्यविवरण, कार्यसम्पादन, तालिम, विदा तथा अवकाश तथा विभागीय कारवाही गर्ने,
मन्त्रालय र अन्तर्गतको सङ्गठनात्मक संरचना प्रशासन सुधारका कार्यहरु गर्ने,
कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी मूल्याङ्कनको अभिलेख तथा व्यवस्थापन गर्ने,
स्वास्थ्य सेवाका विभिन्न पदको बढुवाको लागि सचिवालय सम्बन्धी कार्य गर्ने,
स्तरवृद्धि सम्बन्धी कार्य गर्ने,
मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्तिगत फाइलमा अद्यावधिक गर्ने,
लामो अवधिका विदा तथा कारवाहीहरुको अभिलेख राख्ने,
अधिकृतस्तरका कर्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने,
मन्त्रालय अन्तर्गत सामान्य प्रशासन समूहका कर्मचारीहरुको सुपरीवेक्षण, अभिलेख, कार्यसम्पादन मूल्याङ्कन गर्ने ।
आर्थिक प्रशासन शाखा
विभाग र अन्तर्गतको केन्द्रिय वार्षिक आर्थिक विवरण तयार गर्ने,
विभाग अन्तर्गत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने,
अन्तर्गतका शाखाहरुको बजेट निकासा गराउने,
आन्तरिक लेखापरीक्षण गराउने,
विभाग अन्तर्गतका कार्यालयहरुको अन्तिम लेखापरीक्षण गराउने,
बेरुजुको लगत राख्ने,
बेरुजु फर्छयौट गराउने,
विभागको कार्य संचालनको निकासा लिने,
दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने,
मासिक विवरण तयार गरी पठाउने,
आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने,
वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।
कानुन शाखा
संघीयता कार्यान्वयको क्रममा स्वास्थसंग सम्बन्धित आवश्यक ऐन, नियमावलीहरु तर्जूमा एवम् परिमार्जन गर्ने,
प्रदेश तथा स्थानीय तहमा आवश्यक ऐन, नियमावलीहरु तर्जुमा गर्न सहजिहरण गर्ने,
मन्त्रालय र अन्तर्गतका निकायहरुको क्रियाकलाप सञ्चालनमा आवश्यक पर्ने ऐन नियम तथा विनियम तर्जुमा गर्ने, कार्यान्वयनको अनुमगन र कानूनी वाधा अडचन फुकाउने सरसल्लाह दिने,
मन्त्रालय र अन्तर्गतका निकायहरुलाई आवश्यक पर्ने कानूनी राय सुझाव दिने,
मन्त्रालयसंग सम्बन्धित सरकारी मुद्दा मामिला सम्बन्धी प्रतिरक्षात्मक कार्य गर्ने,
आन्तरिक प्रशासन शाखा
मन्त्रालयको आन्तरिक प्रशासन, कार्यालय व्यवस्थापन, सरसफाइ र आवश्यक भौतिक व्यवस्था गर्ने,
आन्तरिक कर्मचारी प्रशासन, आन्तरिक कार्य विभाजन, हाजिरी, विदा, रमाना, पालो पहरा, खटनपटनको व्यवस्थापन गर्ने,
कार्यालय भवन, परिसर, सवारी साधनहरुको मर्मतसंभार तथा व्यवस्थापन गर्ने,
मन्त्रालयको आन्तरिक जिन्सी सामानको आपूर्ति तथा व्यवस्था, जिम्मा तथा रेखदेख, संभार, संरक्षण, निरीक्षण तथा प्रतिवेदन सम्बन्धी कार्यहरु गर्ने,
सम्पत्ती विवरण सम्बन्धी कार्य,
सुशासन सम्बन्धी कार्य,
पुस्तकालय व्यवस्थापन तथा ई-लाईब्रेरी संचालन गर्ने ।