विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना

नेपाल सरकार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

सिंहदरबार, काठमाडौं

 

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना

 

(प्रथम पटक प्रकाशित मिति: २०८३/०२/०४)

 

नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट मिति २०८३/०१/३१ मा स्वीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनौट तथा सिफारीस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको छ इच्छुक योग्य व्यक्तिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिन भित्र यस मन्त्रालयको वेबसाईट www.mohp.gov.np मा दिईएको लिंकमा गई दरखास्त दिन सकिनेछ।

 

नोट: उल्लेखित कार्यविधि मन्त्रालयको वेबसाईटमा राखिएको छ ।

 

आवेदन गर्न यस लिंकमा क्लिक गर्नुहोस

 

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनौट तथा सिफारीस सम्बन्धी एकीकृत कार्यविधि, २०८३